समाचार
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको गुनासो सुनुवाइ सम्बन्धी १५ दिने सूचना
प्रकाशन मितिः २०८०|०२|०१ गते
यस जगरनाथपुर गाउँपालिका अन्तर्गतका गरिब परिवार पहिचान गर्ने सन्दर्भमा तथ्याङ्क संकलन तथा विश्लेषण गरी नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त प्रारम्भिक रुपमा पहिचान भएका गरिब परिवारहरुको यसैसाथ संलग्न गरिब घरपरिवार सर्वेक्षण २०७८ मा आधारित गरिब घरपरिवारको सूचि उपर सम्बन्धित परिवार वा कसैको गुनासो भएमा गुनासो सुनुवाइ मार्गदर्शन, २०७८ को दफा ३ बमोजिमको तपसिल अनुसारको गुनासो दर्ताको आधारमा यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयको गुनासो सुनुवाइ अधिकारी समक्ष तोकिएको अनुसूचीमा स्पष्ट संग सम्पूर्ण विवरण भरि गुनासो दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
गुनासो दर्ताको आधारः
- गरिब परिवारमा समावेश हुनुपर्नेमा प्रारम्भिक सूचिमा नपरेको भन्ने लागेमा सम्बन्धित परिवारको १८ वर्ष उमेर पूरा भएको सदस्यले अनुसूचि – १ बमोजिमका सूचकमा आधारित भई पर्याप्त आधार र कारण खोली गुनासो दर्ता गर्न सकिनेछ।
- गरिब परिवारमा समावेश नहुनु पर्नेमा सो सूचिमा प्रकाशन भएको देखिएमा सम्बन्धित स्थानीय तहमा बस्ने जोसुकै व्यक्तिले अनुसूचि -१ बमोजिमका सूचकमा आधारित भई पर्याप्त आधार र कारण खोली उजुरी दिन सकिनेछ।
- गरिब परिवारको वर्गीकरण गर्दा एक वर्गमा समावेश गर्नुपर्ने परिवारलाई अर्को वर्गमा वर्गीकरण गरेको भन्ने विषयमा उजुरी दिनु परेमा सम्बन्धित व्यक्तिले अनुसूचि – १ बमोजिमका सूचकमा आधारित भई पर्याप्त आधार र कारण खोली उजुरी दिन सकिनेछ।